१४ बैशाख २०८१, शुक्रबार

चोरी भएको मोटरसाइकलसहित दुई जना पक्राउ


पक्राउ

काठमाडौं । चोरी भएको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको टोलीले काठमाडौंको लामबगरबाट चोरी भएको प्रदेश ३ -०२-०११ प ८०७३ नम्बरको कालो रातो रङको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ खनियाबास गा.पा. ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ र धादिङ नेत्रावती डब्जोङ गा.पा. १ घर भई लामाबगर बस्दै आएको बर्ष २२ को बुद्धि बहादुर तामाङ रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !