८ मंसिर २०८१, शनिबार

‘गुन्डा नाइके’ अभिषेक बने कारागारको चौकीदार


अभिषेक गिरी

विराटनगर । ‘गुन्डा नाइके’ को रुपमा चिनिने कैदी अभिषेक गिरी मोरङ कारागारको चौकीदार बनेका छन् ।

स्रोतका अनुसार मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिएको हो ।

जेलर महेन्द्रसिंह खड्काले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको बताए ।

स्रोतका अनुसार नेपाली काँग्रेस नेताहरूको जोडबलमा दुई हप्ता अघि मात्र अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सप्तरी कारागारबाट मोरङ कारागार ल्याइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !