१२ बैशाख २०८१, बुधबार

महोत्तरीमा स्रोत नखुलेको ९ लाखसहित भारतीय युवक पक्राउ


पक्राउ

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको रु नौ लाखसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने २४ वर्षीय अभिनव पूर्वे रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीले जनाएको छ ।

नम्बर नखुलेको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको युवक अभिनवलाई सीमामा खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रु नौ लाख बरामद भएको थियो ।

पाँच सय र १००० का नोट मिलाएर जम्मा रु नौ लाखसहित पक्राउ गरिएको अभिनवलाई आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीमा ल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !