५ बैशाख २०८२, शुक्रबार

काठमाडौँको सोह्रखुट्टेस्थित एक गार्मेन्टमा भीषण आगलागी


काठमाडौँको सोह्रखुट्टे गार्मेन्टमा आगलागी

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजारमा रहेको एक गार्मेन्टमा भीषण आगलागी भएको छ । नयाँबजारस्थित प्राइम कलेज नजिकै सो गार्मेन्टमा आज शुक्रबार दिउँसो २ बजेपछि भएको आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि अहिले घटनास्थलमा काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

प्रहरी वृत्त सोह्रखुट्टे स्रोतका अनुसार घटनास्थलमा अहिले आगो निभाउने काम जारी रहेको छ । प्रहरीका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको हो ।

बाहिरी भागमा लागिरहेको आगो नियन्त्रणमा लिएपछि मात्र भित्र प्रवेश गरिने प्रहरीले बताएको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुनसकेको छैन । आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !