६ बैशाख २०८१, बिहिबार

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


दुर्घटना

बनियानी । झापाको बिर्तामोड नगरपालिकामा आज ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिर्तामोड-भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड-९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड-९ का सम्पत राजवंशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुल नजिकै आज बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । ट्रक र ट्रक चालक भद्रपुर–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !