१४ बैशाख २०८१, शुक्रबार

दुईवटा टेलिभिजन लन्च गर्न रामदेव र बालकृष्ण आइपुगे काठमाडौं


रामदेव र बालकृष्ण आइपुगे काठमाडौं

काठमाडौं । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण आज काठमाडौं आइपुगेका छन् । भोलि काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन् उनीहरु दुई जना काठमाडौँ आइपुगेका हुन् ।

पतञ्जलीले भोलि हुने कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्ने कार्यक्रम छ । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो ।

काठमाडौँ ओर्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताउदै टेलिभिजनका अलावा नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने योजना समेत रहेको बताएका छन् ।

पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार पतञ्जलीको कार्यक्रममा स्वदेशी समृद्धि कार्ड कार्यक्रम पनि शुभारम्भ हुने भएको छ । कार्डसहित टेलिभिजनको उद्घाटन शुक्रबार काठमाडौँको मण्डिकाटारस्थित पतञ्जलि सेवा सदनमा हुने भएको हो ।

नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

उक्त कार्यक्रमलार्ई प्रधानमन्त्री शेरबहादुुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ । उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुनेछ भने सो क्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्ण, भारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !