११ बैशाख २०८१, मंगलबार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै


डोनाल्ड लु

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज (बुधबार) नेपाल आउँदैछन् । मध्य तथा दक्षिण एसियाको जिम्मेवारी पाएका उनी दिउँसो काठमाडौँ आउन लागेका हुन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुमोदनको चर्चा भइरहेका बेला अमेरिकी विदेशमन्त्री नेपाल आउनुलाई अर्थपूर्ण रुपमा विशेष चासोका साथ हेरिएको छ । उनको नेपाल भ्रमणको उद्धेश्य भने खुलाइएको छैन ।

नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !