१३ आश्विन २०८१, आइतबार

मुस्ताङ हिमपहिरो (अपडेट) : भागदौडमा घाइते हुनेको संख्या ११ जना पुग्यो


हिमपहिरो फाइल फोटो

काठमाडौं । मुस्ताङमा आएको हिमपहिरोमा परी भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ जना पुगेको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा ७ विद्यार्थीसहित घाइते हुनेको संख्या ११ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ स्रोतका अनुसार घाइते हुनेहरुमा २ जना शिक्षिका, १ जना कर्मचारी, १ जना शिक्षक र ७ जना विद्यार्थी रहेका छन् । प्रहरीका अनुसार हिमपहिरोका परी अन्य कति क्षति भयो भन्ने अझसम्म यकिन् भईसकेको छैन ।

हिमपहिरोका कारण बोक्से खोलाको पानी धमिलो भएको छ । हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो, ९ जना घाइते


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !