८ बैशाख २०८१, शनिबार

लाली स्वास्थ्य चौकीमा औषधि अभाव


स्वास्थ्यचौकी

सिमको । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ ।

मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् ।”

दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने बताइएको छ । पछिल्लो समय ‘सिजनल फ्लु’का कारण सो स्वास्थ्य सस्थामा बिरामी बढेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !