६ जेष्ठ २०८१, आइतबार

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना : १ जनाको मृत्यु, ६ घाइते


प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

ताप्लेजुङ । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ताप्लेजुङवाट सुनसरीको धरानतर्फ बिरामी लिएर गइरहेको मैवाखोला गाउँपालिकाको एम्बुलेन्स हिजो शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते मैवाखोला-२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागि वीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । एम्बुलेन्समा चालकसहित सवार ७ जनामध्ये ६ जना सामान्य घाइतेको उपचार जारी रहेको छ ।

गत चैत्रमा भारतीय दूतावासले गाउँपालिकालाई दिएको उक्त एम्बुलेन्स साँघुरो सडकबाट ५० मिटर तल खसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !