३० कार्तिक २०८१, शुक्रबार

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन


कानून व्यवसायी फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै उनीहरु सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् ।

स्रोतका अनुसार सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका अनुसार कर्मचारी बाहेकलाई प्रवेश गर्न दिइएको छैन ।

नेपाल बार एशोसिएसनको अगुवाइमा गरिएको प्रदर्शनमा आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम आयोजना गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !