१२ आश्विन २०८१, शनिबार

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने


प्रभुराम शर्मा

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन् ।

भारत भ्रमणका क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

महारथी शर्माले आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न अङ्गका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !