१० मंसिर २०८१, सोमबार

काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी शरणार्थी पक्राउ


पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी शरणार्थी पक्राउ परेका छन । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले बताएको छ ।

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ । ३ जना महिला र ८ जना पुरुषलाई आज बिहान पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जनाएको छ ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्ड समेत बरामद भएको सिआईबीले जनाएको छ । अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताएका छन् ।

उनीहरु सुनौली नाका हुँदै नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले थप अनुसन्धान भइरहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !