८ बैशाख २०८१, शनिबार

खोलाले बगाएर बेपत्ता भएका युवक अझै भेटिएन


खोलाले बगाएर फाइल फोटो

राजविराज । अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ बाट खोला तर्ने क्रममा बेपत्ता एक युवक अझै भेटिएका छैनन् । हनुमाननगर कङ्कालिनी–९ का २३ वर्षीय लालु मण्डल बेपत्ता भएको र उनको खोजी जारी रहेपनि प्रनाउ काफ्लेले जानकारी दिए ।

बुधबार कङ्कालिनी –१४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले उनलाई बगाएको थियो । त्यस्तै मण्डलसँगै खोलामा बगेका सोही ठाउँका २८ वर्षीय सञ्जीवकुमार मण्डल भने खोला तरेर कटानबाट बच्न सफल भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !