सुनसरीमा बाढीका कारण ३ जनाको मृत्यु, ६ बेपत्ता Nepalpatra सुनसरीमा बाढीका कारण ३ जनाको मृत्यु, ६ बेपत्ता
१४ मंसिर २०७८, मंगलबार

सुनसरीमा बाढीका कारण ३ जनाको मृत्यु, ६ बेपत्ता


धरानमा पहिरो फाइल फोटो

इनरुवा । आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

त्यसैगरी बाढीमा परेर ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इटहरी–२ का रोशन बुढाथोकी, इटहरी–७ का कैलाश मण्डल, इटहरी–२ का योगेन्द्र तिवारी, इटहरी–३ का राजकुमार राई, इटहरी–९ का विनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डल रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !