२ जेष्ठ २०८१, बुधबार

अमेरिकी भिसा आवेदनका लागि अब बैंक ब्यालेन्स र निम्तो पत्र नचाहिने


usa

काठमाडौं— काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसा आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ। बैंक स्टेटमेन्ट, लालपूर्जा लगायतका कागजात आवश्यक नपर्दा अमेरिका आवेदन अब सहज हुनेछ।
दूतावासकाअनुसार यो नयाँ नियम जेठ १९ गतेबाट पर्यटक तथा विद्यार्थी भिसा आवेदन गर्नेहरुमा लागू हुनेछ। ‘आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु पर्दैन’, दूतावासले भनेको छ, ‘यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइनेछ।’

जेठ १९ गतेदेखि पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले निम्न कागजपत्रहरू मात्र ल्याउनु पर्नेछ :

१. राहदानी
२. पुराना राहदानी
३. DS-160 कन्फर्मेशन पेज
४. आवेदन शुल्क भुक्तानी रसिद
५. फोटो
६. I-20 (विद्यार्थी भिसा आवेदकका लागि)
७. ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि)
अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने जनाएको छ।

अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका छन्।

कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायतगोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले पाएपछि नियम परिवर्तन गरेको उल्लेख गरेको छ। – See more at: http://www.nagariknews.com/main-story/story/72631.html#sthash.ox8aD4yJ.dpuf


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !