८ बैशाख २०८१, शनिबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प


भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

यसअघि आइतबार बिहान मात्र गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्प नयाँ नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका बरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका थिए ।

हिजो गएको परकम्पको धक्काको महशुस भई स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !