६ जेष्ठ २०८१, आइतबार

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता अाजबाट सुरू हुँदै


cricket

१७ चैत, धनगढी । सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ ।

सहभागी ६ वटै टिमको एउटै लक्ष्य हो उपाधि । १५ दिनसम्म चल्ने डीपीएलले फेरि एकपटक घरेलु क्रिकेटको माहोल बनाउँदैछ ।

डीपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स खेल्दैछन् ।

धनगढीस्थित संघीय प्रहरीको मैदानमा हुने खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । टिम चौराहा गत संस्करणको च्याम्पियन बन्दा उसलाई भाग्य र कप्तानको रणनीतिले निकै साथ दिएको थियो ।

उद्घाटन खेलमा चौराहाबाट खेलिरहेका युएईका कप्तान रोहन मुस्तफा सबैको नजरमा हुनेछन । अलराउण्डर मुस्तफाबाहेक चौराहामा त्यस्तै धेरै अनुभव भएका खेलाडी कम नै छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौ गोल्डेन्स पनि मिश्रित छ ।

यस पटकको डीपीएल किन विशेष छ भने सर्वाधिक पुरस्कार, सुधारिएको मैदान र प्रविधिको प्रयोगसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो घरेलु प्रतियोगिता हो ।

मोफसलमा आयोजना भएको यति ठूलो प्रतियोगिता हरेक खेलाडीको सपनासँग जोडिएको छ । यसपटक मैदानमा राखिएको अस्थाई प्याराफिट पाँचजना क्रिकेट खेलाडीको सम्मानमा समर्पित गरिएको छ । पूर्व कप्तानहरु विनोद दास, राजु खड्का, अलराउण्डर मेहबुब आलम, पूर्व प्रशिक्षक स्वर्गीय अर्जुन खड्का र कीर्तिमानी तेक्वान्दो खेलाडी ओलम्पियन दिपक विष्टको नाममा स्ट्यान्ड बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !