काठमाडौं । साहित्यकार, लेखक एवं व्यवसायी बसन्त चौधरीलाई हृदयघात भएको छ । नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका प्रेमिल गीतहरूका रचनाकार चौधरीको केहि दिनअघि उनकै सो अस्पतालमा एनजियोग्राफी गरिएको थियो ।
हाल दुबईमा रहेका चौधरीको त्यहाँ रहेको एक अमेरिकन अस्पतालमा आज गरिएको मुटुको विशेष जाँचपछि उनको ओपन हार्ट सर्जरी गर्नपर्ने निष्कर्ष विशेषज्ञहरुले निकालेको उनको पारिवारिक स्रोतले बताएको छ ।