७ मंसिर २०८१, शुक्रबार

लोकमानसिंह कार्कीको सुरक्षामा २९ जनाको डफ्फा


lokmansinh kark

राष्ट्रिय मानवअधिकार ओयोगका प्रमुख अनुपराज शर्माको व्यक्तिगत सुरक्षामा नेपाल प्रहरी मुख्यालयले २ जना सुरक्षाकर्मी खटाएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

तर समान हैसियतका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको सुरक्षामा मुख्यालयले २९ जनाको डफ्फा पठाएको छ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० अनुसार सवैधानिक अंगका प्रमुखको कानुनी हैसियत एकै भए पनि कार्कीले शर्माको भन्दा ११ गुणा बढी सुरक्षाकर्मी पाएका हुन्। कार्यविधिले सवैधानिक अंगका प्रमुखले पाउने सुरक्षाकर्मीको संख्या २ जना प्रहरीमात्रै तोकेको छ ।

कार्की र अन्य मन्त्रालयको हकमा भने गृह मन्त्रालयले कार्यविधि मिचेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !