काठमाडौं । नेपाल सरकारले इजरायल जान दरखास्त दिएका कामदारको लिखित परीक्षा आगामी भदौ २८ गतेदेेेखि गर्ने भएको छ ।
इजरायल जान चाहने श्रमिकका लागि वैदेशिक रोजगार विभागले दरखास्त माग गरेकोमा सो अनुसार प्रक्रिया पूरा गरि दरखास्त दिएका आवेदकको भदौ २८ गते दिउसो १ बजे लिखित परीक्षा गर्न लागिएको हो ।
काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै परीक्षा हुने विभागले जनाएको छ । यसका लागि प्रवेश पत्र र परीक्षा केन्द्रबाट अनलाइनबाट जानकारी लिन सकिने विभागले जनाएको छ । यसमा अंग्रेजी भाषाको लिखित परीक्षा हुने भएको छ ।
विभागले इजरायलका लागि एक हजार कामदार माग भएको जनाउँदै साउन १२ गते देखि ३२ गतेसम्म दरखास्त मागेकोमा १० हजार भन्दा बढी आवेदन परेका छन् ।
इजरायल रोजगारीका लागि विभागले अनुमति लागत १ लाख ६५ हजार लाग्ने भनेको छ । साथै विभागले इजरायल जानको लागि जहाज भाडा १ लाख ४० हजार लाग्ने अनुमान छ । इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।