१२ आश्विन २०८१, शनिबार

धनुषामा बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने पुरुष पक्राउ


पक्राउ

जनकपुर । धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका-५ का ५५ वर्षका रामवृक्ष मण्डल र २१ वर्षकी अमृता मण्डलको शव फेला परेको हो ।

बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले ३० वर्षका भागेश्वरकुमार मण्डललाई पक्राउ गरेको छ । रामवृक्ष र अमृता नदेखिएपछि स्थानीय बासिन्दाले खोजी सुरु गरेको र प्रारम्भिक अनुसन्धानका क्रममा छोरा भागेश्वरले आँपको बगैँचामा गाडेको हुनसक्ने धनुषाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको खबर स्थानीयवासीले थाहा पाएपछि खोजतलाससँगै प्रहरीलाई खबर गरेका थिए । हत्या गरेको आशङ्कामा भागेश्वरलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । शव निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !