८ मंसिर २०८१, शनिबार

स्थानीय तहका प्रकोप प्राथमिकीकरणमा बाढीपहिरो


दमौली । तनहुँका १० वटै स्थानीय तहले जोखिम प्राथमिकीकरणमा बाढीपहिरो नियन्त्रणलाई सूचीकृत गरेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ का लागि तयार गरिएको प्रतिवेदनमा सबै पालिकाले प्रकोपको प्राथमिकीकरण गर्दा बाढीपहिरालाई उच्च जोखिममा राखेका हुन् ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विपद् व्यवस्थापन समितिबाट पारित भएको छ । जिल्लाका स्थानीय तहले प्रकोपको प्राथमिकता क्रममा पहिरो, बाढी, आगलागी, सुक्खा खडेरी, महामारी, चट्याङ हावाहुरी, सडक दुर्घटना र भूकम्पलाई राखेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

पाँच पालिकाले पहिरालाई पहिलो, चार पालिकाले बाढीलाई दोस्रो, चार पालिकाले आगलागीलाई तेस्रो, चार पालिकाले सुक्खा खडेरीलाई चौथो, पाँच पालिकाले महामारीलाई पाँचौँ, चार पालिकाले चट्याङ हावाहुरीलाई छैटौँ, पाँच पालिकाले सडक दुर्घटनालाई साताँै र पाँच पालिकाले भूकम्पलाई आठाँै सूचीमा सूचीकृत गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार व्यास नगरपालिकाले पहिरो, बाढी, आगलागी, सुक्खा खडेरी, महामारी, चट्याङ, हावाहुरी, भूकम्प र सडक दुर्घटनालाई प्राथमिकीकरणअनुसार सूचीकृत गरेको छ । भानु नगरपालिकाले पहिलामा बाढी, दोस्रोमा पहिरो, तेस्रोमा आगलागी, चौथोमा महामारी, पाँचौँमा चट्याङ हावाहुरी, छैटाँैमा भूकम्प, साताँैमा सडक दुर्घटना र आठाँैमा सुक्खा खडेरीलाई सूचीकृत गरेको छ । भिमाद नगरपालिकाका पहिलोमा पहिरो, दोस्रोमा बाढी, तेस्रोमा सुक्खा खडेरी, चौथोमा आगलागी, पाँचौँमा महामारी, छैटाँैमा चट्याङ हावाहुरी, सातौँमा भूकम्प र आठौँमा सडक दुर्घटनालाई सूचीकृत गरेको छ ।

शुक्लागण्डकी नगरपालिकाले पहिलोमा आगलागी, दोस्रोमा सुक्खा खडेरी, तेस्रोमा पहिरो, चौथोमा बाढी, पाँचौँमा महामारी, छैटाँैमा चट्याङ हावाहुरी, सातौँमा सडक दुर्घटना र आठाँैमा भूकम्प सूचीकृत गरेको छ । देवघाट गाउँपालिकाले पहिलोमा बाढी, दोस्रोमा पहिरो, तेस्रोमा आगलागी, चौथोमा सुक्खा खडेरी, पाँचौँमा चट्याङ हावाहुरी, छैटौँमा महामारी, सातौमा भूकम्प र आठौमा सडक दुर्घटना, बन्दीपुर गाउँपालिकाले पहिलोमा पहिरो, दोस्रोमा आगलागी, तेस्रोमा सुख्खा खडेरी, चौथोमा बाढी, पाँचाँैमा चट्याङ हावाहुरी, छैटाँैमा महामारी, सातौँमा सडक दुर्घटना र आठौँमा भूकम्पलाई प्रकोपको प्राथमिकीकरण गरेको छ ।

घिरिङ गाउँपालिकाले पहिलोमा पहिरो, दोस्रोमा बाढी, तेस्रोमा महामारी, चौथोमा चट्याङ हावाहुरी, पाँचौँमा भूकम्प, छैटाँैमा सडक दुर्घटना, सातौँमा आगलागी, आठौँमा सुक्खा खडेरी, ऋषिङ गाउँपालिकाले पहिलोमा पहिरो, दोस्रोमा आगलागी, तेस्रोमा बाढी, चौथोमा सुक्खा खडेरी, पाँचौँमा महामारी, छैटाँैमा चट्याङ हावाहुरी, सातौँमा सडक दुर्र्घटना, आठौँमा भूकम्प, आँबुखैरेनी गाउँपालिकाले पहिलोमा आगलागी, दोस्रोमा बाढी, तेस्रोमा पहिरो, चौथोमा सुक्खा खडेरी, पाँचौँमा चट्याङ हावाहुरी, छैटाँैमा महामारी, सातौँमा सडक दुर्घटना, आठाँैमा भूकम्प र म्याग्दे गाउँपालिकाले पहिलोमा सुक्खा खडेरी, दोस्रोमा पहिरो, तेस्रोमा आगलागी, चौथोमा बाढी, पाँचौँ महामारी, छैटाँैमा सडक दुर्घटना, साताँैमा चट्याङ हावाहुरी र आठौँमा भूकम्पलाई प्राथमिकीकरण गरेको छ ।

६२ वडा पहिराका जोखिममा

जिल्लाका १० पालिकाका ८५ वडामध्ये ६२ वडा पहिराका जोखिममा रहेको देखिएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ मा उल्लेख भएअनुसार १० वटै पालिकाका विभिन्न वडा पहिराका जोखिममा छ । व्यास नगरपालिका–१ देखि १२ र १४ का ६२ टोल बस्ती, भानु नगरपालिका–२ देखि १३ का ३६ बस्ती, भीमाद नगरपालिका–३, ५, ७, ८ र ९ का सात बस्ती, शुक्लागण्डकी नगरपालिका–२ र ७ का दुई बस्ती, देवघाट गाउँपालिका–१ को तीन बस्ती, वडा नं २–४ को सम्पूर्ण क्षेत्र र वडा नं ५ को दुई बस्ती पहिराका उच्च जोखिममा छन् ।

बन्दीपुर गाउँपालिका–१, २, ४ र ५ का १० बस्ती, घिरिङ गाउँपालिका– १–५ सम्मका १० बस्ती, ऋषिङ गाउँपालिका–१, २, ६, ७, ८ का बस्ती, आँबुखैरेनी गाउँपालिका–४ र ६ का बस्ती, म्याग्दे गाउँपालिका २–६ सम्मका बस्ती पहिराका जोखिममा छन् । त्यस्तै व्यास नगरपालिका– १–६–८–९ र ११–१२ गरी ४७ टोल, भानु नगरपालिका–३, ५, ६, ८, ९, ११ का १६ टोल, भीमाद नगरपालिका–१ का दुई बस्ती बाढीको जोखिममा छन् ।

शुक्लागण्डकी नगरपालिका–४ र ८ का बस्ती, देवघाट गाउँपालिका– १–५ अन्तर्गतका तटीय नदी क्षेत्र, बन्दीपुर गाउँपालिका–६ को सामीकोट क्षेत्र, घिरिङ गाउँपालिकाअन्तर्गत कालीगण्डकी, मैदीखोला र सिरिङ्दीखोला किनारका बस्ती, ऋषिङ गाउँपालिकाअन्तर्गत झापुटार र बेलटारका नदी किनारका क्षेत्र, आँबुखैरेनी गाउँपालिका–१, २, ३, ४ का बस्ती र म्याग्दे गाउँपालिका–६ को अकला क्षेत्र बाढीको जोखिममा छन् ।

“मनसुनको समयमा घट्न सक्ने विभिन्न प्रकोपका घटना र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायतका कार्य गर्न कार्ययोजना बनाएर अगाडि बढेका छौँ”, प्रजिअ आचार्यले भन्नुभयो, “सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौँ ।”

योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायको अधिकतम परिचालन हुने, मनसुनको कारण उत्पन्न हुनसक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकाय तयारी अवस्थामा रहने विश्वास लिइएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !