१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकाभित्र बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाउने


लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

काठमाडौँ । काठमाडौं उपत्यकामा राति ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालन गर्न नपाइने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज मंगलबार बसेको बैठकले उपत्यकाभित्र राति ८ बजेदेखि सवारीसाधन संचालनमा रोक लगाइएको हो ।

काठमाडौं उपत्यकामा साउन २८ गते बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज मंगलबार आदेश जारी गर्दै साउन २८ गतेदेखि भदौ ८ गतेसम्म निषेधाज्ञा थपिएको बताएका छन् । पछिल्लो समय जारी निषेधाज्ञा भोलि २७ गते बुधबार सकिँदैछ ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो । आज मंगलबार मात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो । निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु