८ बैशाख २०८१, शनिबार

जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शीलाई प्रहरीको सहयोगमा गाउँ पठाइयो


जयसिंह धामीको घटना

दार्चुला । जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पुर्याएको छ । यही साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पुर्याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पुर्याइएको हो ।

खलङ्गामा रहँदा उनीहरुसँग भेट्न पत्रकार मानवअधिकारकर्मीलाई रोक लगाइएको थियो । बुधबार सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाई तीनै जनालाई बिहीबार बिहान ५ बजे खलङ्गाबाट हिँडाइएको हो ।

बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएको थिएनन् । प्रत्यक्षदर्शी र गाउँका स्थानीयवासीलाई अलगअलग हिँड्न लगाइएको थियो । प्रत्यक्षदर्शीबाट लिइएको बयानमा दस्तखत गर्न प्रहरी तिमुरपाटा पुगेको थियो ।

बुधबार दिनभरि जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकाभित्र उनीहरुको बयान लिइएको थियो तर दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरुलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो । प्रत्यक्षदर्शीसँग दुईजना प्रहरी पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !