७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आजदेखि साउन २७ गतेसम्म निषेधाज्ञा थप


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि साउन २७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको अस्ति मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार आदेश जारी गर्दै साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा थपिएको बताएका थिए ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो । अस्ति मंगलबार मात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी रहेको र कोरोना संक्रमणको जोखिम उच्च रहेकोले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न चेतावनी दिएको छ ।

अस्ति मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक अत्यन्त जरुरी सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

यस्तो छ हेर्नुहोस् काठमाडौं जिल्ला प्रशाशनको आदेश

काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञाकाठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञाकाठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !