१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज मंगलबार आदेश जारी गर्दै साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा थपिएको बताएका छन् । पछिल्लो समय जारी निषेधाज्ञा भोलि २० गते बुधबार सकिँदैछ ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो । आज मंगलबार मात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी रहेको र कोरोना संक्रमणको जोखिम उच्च रहेकोले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न चेतावनी दिएको छ ।

आज मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक अत्यन्त जरुरी सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

यस्तो छ हेर्नुहोस् काठमाडौं जिल्ला प्रशाशनको आदेश

काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञाकाठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञा काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !