काठमाडौँ । चर्चित ३३ किलो सुन काण्डमा एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको गौशालाबाट नियन्त्रणमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-५ बस्ने ‘भोजे मामा’ भन्ने भोजराज भण्डारीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ । महानगरीय प्रहर परिसर स्रोत स्रोतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ । २०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो ।