१८ बैशाख २०८१, मंगलबार

गत वर्ष मात्र बाघको आक्रमणबाट डेढ दर्जन व्यक्तिको मृत्यु


मधुवन नगरपालिका

काठमाडौँ । पछिल्लो समय वन्यजन्तु मैत्री पूर्वाधार निर्माण नहुँदा बासस्थानमा आएको सङ्कुचनका कारण र सङ्ख्यामा भएको वृद्धिले आहाराको खोजीमा बाघ मानवबस्तीसम्म पुग्दा मानवसँगको बढ्दो द्वन्द्व बाघ संरक्षणको प्रमुख चुनौती बनेको छ ।

गत आर्थिक वर्षमा मात्र बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणमा परी करिब एक दर्जन व्यक्तिको मृत्यु भएको विभागका सूचना अधिकारी आचार्यले बताए । त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको आक्रमणबाट पाँच जनाको निधन भएको थियो भने पर्सा राष्ट्रिय निकुञ्ज तथा बर्दियामा सवारी दुर्घटनाबाट दुई बाघ मरेको विभागको तथ्याङ्क छ ।

मन्त्रालयले वन्यजन्तुबाट हुने क्षतिमा राहत दिन राहत तथा क्षतिपूर्तिसम्बन्धी निर्देशिका जारी गरी वन्यजन्तुबाट निधन भएका प्रतिव्यक्तिका परिवारलाई रु १० लाख, घाइतेको उपचार तथा बालीनाली र अन्य भौैतिक क्षतिमा समेत राहत दिने गरेको छ ।

यसका साथै बाघको सङ्ख्याअनुसार बासस्थानको व्यवस्थापनमा कठिनाइ, पहाडतिर (इलाम र डडेल्धुरा) पनि बाघ देखिन थालेपछि सो क्षेत्रमा संरक्षित क्षेत्र नभएकाले व्यवस्थापनमा कठिनाइ, मानव बस्तीमा बाघ पस्दा मानवीय क्षति र घाइते बाघको उद्धारमा कठिनाइ, तराईमा सडक, सिँचाइ, रेलमार्गजस्ता लामो प्रकृतिका निर्माणले बासस्थानलाई खण्डीकरण गर्ने गरेको, बाघको चोरी शिकारीलगायत पनि प्रमुख चुनौतीका रुपमा देखा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !