७ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा जोन्सन एण्ड जोन्सनको खोप १८ वर्ष माथिकालाई दिइने


काठमाडौंँ महानगरपालिका खोप अभियान

काठमाडौं । काठमाडौंमा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन कोरोना खोप पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो ।

दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेकोस्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !