१३ बैशाख २०८१, बिहिबार

लायन्स क्लबहरुको संयुक्त पहलमा बृक्षारोपण कार्यक्रम सम्पन्न


लायन्स क्लबहरुको संयुक्त पहलमा बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ । हिजो असार २६ गते शनिबार लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथा, लायन्स क्लब अफ काठमाडौँ न्यू गौतम बुद्ध र लायन्स क्लब अफ काठमाडौँ जयन्तीपुर कल्पेश्वरको संयुक्त पहलमा लायन्स बर्ष २०२१/२२ को ‘पहिलो बृक्षारोपण कार्यक्रम’ गरिएको थियो ।

‘वातावरण जोगाऔ’ भन्ने नाराका साथ काठमाडौँ जिल्लाको तार्केश्वर नगरपालिका वडा नम्बर ७ स्थित फुटुङ्गमा सिनियर लायन्स अतिथि लायन अमर ज्योति रंजित, अतिथिहरू क्रमशः एरिया १ का एरिया प्रमुख लायन तारामान धामी, जोन चेयर पर्सन लायन बिष्णु ठकुरी, लायन्स बर्ष २०२१-२०२२ का लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाका कलब अध्यक्ष लायन बिजय ढकाल, पहिलो उपाध्यक्ष गुना सिलवाल, क्लब सचीव लायन शुवर्ण श्रेष्ठ, कलब कोषाध्यक्ष लायन मोतीराम इटानी लगायत संरक्षण समितिका अध्यक्षका साथै
अर्को क्लबका प्रेसिडेन्ट लायन दिनेश प्रधान, प्रेसिडेन्ट लायन ज्ञानहरि ढकाल तथा डाइनमिक लायन्स लिडरहरु तथा तिनै वटा क्लबका पदाधिकारीहरू र अन्य नन लायन्सहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

बृक्षारोपण कार्यक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !