१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी


काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई फेरि एक साता थप्ने तयारी गरिएको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू संयुक्त रूपमा सम्भवत आज बेलुकीसम्म वा भोलिसम्म बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन् ।

गत मंगलबारदेखि २५ सिटभन्दा माथिका सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन् भने पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म खोल्न दिइएको छ । थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा सिडिओहरू छन् ।

अबको निषेधाज्ञामा सबै सार्वजनिक यातायात चल्न दिनुपर्ने व्यवसायीको दबाबमा सिडिओहरु सकारात्मक छैनन् । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा सबै सार्वजनिक सवारी साधन खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने सिडिओहरुको तयारी छ ।

उपत्यकामा अपेक्षा गरिएअनुसार कोरोना संक्रमण नघटेकोले निषेधाज्ञा एक साता थप्न लागिएको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोलि सोमबारसम्म कायम रहेको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !