![मृत्यु](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Death_Mrityu8-1-2.jpg?fit=919%2C468&ssl=1)
जाजरकोट । भिरबाट लडेर घाइते भएकी जाजरकोट जिल्ला भेरी नगरपालिका-२ का वडा सदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।
भेरी-२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते भएकी थिइन् । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताए ।