१२ बैशाख २०८१, बुधबार

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर


बेहुला बेहुली

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका-८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् ।

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला-बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका-७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

कोभिड-१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !