७ बैशाख २०८१, शुक्रबार

पहिरोबाट अवरुद्ध कर्णाली राजमार्ग खुलेन


कर्णाली राजमार्ग

दुल्लु । कर्णाली राजमार्गको दैलेखखण्डका विभिन्न ठाउँमा गएको पहिरोबाट एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । दैलेखका सियाला , किटुभीर, दहिखोला, घट्टेखोला लगायतका ठाँउमा पहिरो झरेर सडक पुरिएको र पहिरो नहटाइँदा राजमार्ग चल्न सकेको छैन ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि खाद्यान्न लिएर गएका र यात्रुबहाक सवारी साधन र जुम्ला कालिकोटबाट सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारीसाधन बाटोमै थुनिएका छन् ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले एक ठाउँमा पहिरो बनाउँदा अर्काे ठाउँमा जाने भएकाले कठिनाइ आएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !