७ बैशाख २०८१, शुक्रबार

ताप्लेजुङका मनोज गजुरेल भए ‘सिरिजङगाको छोरो’


मनोज गजुरेल

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मामाङ्खेमा जन्मिएका नेपालको राष्ट्रिय र लोकप्रिय कलाकार मनोज गजुरेललाई ताप्लेजुङ्को सिरिजङ्गा गाउँपालिकाको नवौं सभाले ‘सिरिजङगाको छोरो’ को उपनामले परिभाषा गर्नुका साथै पर्यटन सद्भाव दुतको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले सामाजिक संजाल फेसबुकमा लेख्दै सो कुराको जानकारी दिएका हुन् । गजुरेलको सक्रियताले ताप्लेजुङ्को पर्यटन प्रबर्द्धनमा उल्लेख्य उपलब्धी हासिल हुने भट्टराईले विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !