७ असार २०८१, शुक्रबार

पूर्व सांसद एवं एमाले नेता रत्न प्रसाद शर्माको निधन


रत्न प्रसाद शर्मा

काठमाडाैं । पूर्व सांसद एवं नेकपा एमालेका नेता रत्न प्रसाद शर्मा न्याैपानेको निधन भएको छ । जाजरकोट जिल्ला छेडागाड नगरपालिका निवासी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको हिजो बुधवार राति निधन भएको हो ।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण स्वास्थ्यमा सुधार हुन नसकेकोले उनको निधन भएको उनीनिकट एमालेका एक नेताले बताए । न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

पर्यटनमन्त्री भानुभक्त ढकालले जाजरकाेटको एउटा उदाउँदो नक्षत्र, प्रिय नेता, पूर्व सांसद कमरेड रत्नप्रसाद शर्मा न्याैपानेकाे असामयिक निधन भएकोमा आफू स्तब्ध छु भन्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिराे समवेदना व्यक्त गरेका छन् ।

उनले नेपाल सरकार तथा प्रदेश सरकारले आ.व.२०७७/७८ को बजेटमा नेपाल-भारत सिमाना (१८८० किलोमीटर) कंक्रीट पर्खाल बनाउने कार्यक्रम ल्याउनु पर्ने धारणा राखेका थिए ।

पर्खाल बनाउंदा दीर्घकालिन पनि हुने, केही मानिसहरूले काम पाउने, रोजगारी हुने, देशको स्वरोजगार बजेट सदुपयोग हुने, छिमेकीको बारम्बारको तनाव सदाको लागि मुक्त हुने उनको राय थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !