६ कार्तिक २०८१, मंगलबार

बोक्सो आरोपमा जिउँदै खाल्डोमा पुरेर मारियो


wizard blame

यार्सा–९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सो आरोपमा १५ दिनअघि जिउँदै पुरेर हत्या गरिएको खुलेको छ। हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचरा छ।

घोर्मुकै कान्छा शेर्पा थिङ र ल्वाङ बुटी तामाङ तथा भोर्ले–२ का साहिला थिङ भनिने छेनुर्बु तामाङलाई पक्राउ गरेको रसुवाका प्रहरी प्रमुख अवधेश विष्टले जानकारी दिए। ‘तुलुलाई पहिलेदेखि मार्ने योजनाअनुसार बोक्सीको आरोप लगाएको पाइयो,’ विष्टले भने।

कान्छा शेर्पा थिङका दाजु साङबोलाई अन्यत्र उपचार नहुने गरी बिरामी बनाएको तुलुमाथि आरोप लगाइएको थियो। प्रहरीका अनुसार उनको ४ वैशाखमा नै खाडलमा पुरेर हत्या गरिएको थियो। शव खाडलबाट निकालेर पोस्टमार्टमका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरी प्रमुख विष्टले बताए । पक्राउ परेकामाथि कर्तव्य गरी ज्यान मारेको मुद्दा चलाउने तयारी भइरहेको विष्टले जानकारी दिए।

गाउँ बोलाएर निर्मम हत्या

हत्या गर्ने योजना बनाई गाउँ निकाला गर्नेले नै ललाइफकाइ तुलुलाई पुन: गाउँ बोलाएका थिए। गाउँ फर्किएपछि ४ वैशाखमा उनको हत्या भएको हो। हत्याअघि उनलाई कान्छा शेर्पा थिङको घरमा बोलाएर रक्सी खुवाइएको थियो।

प्रहरीका अनुसार रक्सीले मातिसकेपछि फेरि बोक्सो भन्दै कुटपिट गरिएको थियो।मुखमा आगो लगाएर चरम यातनासमेत दिइएको प्रहरीले जनाएको छ। आगोले पोलेर गम्भीर घाइते उनलाई घिसार्दै पहिला नै तयार गरिएको खाडलमा लगेर फालिएको थियो।

जिउँदै रहेका तुलुलाई पहिला ढुँगा र पछि माटो हालेर पुरिएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !