२ मंसिर २०८१, आइतबार

कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै


जकपुरधाम, २४ वैशाख । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना उपचारको भेन्टिलेटरमा देखिएको समस्या समाधान भइसकेको छ । सो समस्या समाधान भइसकेको जानकारी मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

बिरामीलाई उपचारका क्रममा भेन्टिलेटरमा समस्या आई सेवा प्रभवित भएकामा भेन्टिलेटरमा देखिएको समस्या समाधान गरिएको जनाइएको छ । त्यस्तै अस्पतालको सो कक्षमा आज थप आठ भेन्टिलेटर जडान गर्ने कार्यलाई अगाडि बढाइएको सचिवालयद्वारा जानकारी दिइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !