७ बैशाख २०८१, शुक्रबार

बाढीबाट साँफे–मार्तडी सडकखण्ड अवरुद्ध


नारायणगढ-मुग्लिन सडक

बाजुरा, २३ वैशाख । केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेकोे अविरल वर्षासंँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।

बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो ।
निरन्तरको वर्षात्बाट विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ । अपराह्न अपराह्न बूढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

उक्त बाढीले स्थानीयवासीको २५ रोपनीमा लगाइएको गहुँबाली समेतलाई बगरमा परिणत गरिदिएको छ । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुँसहित जमीन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले पिरलो पारेको स्थानीयवासी वसन्त थापाले दुखेसो व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !