१४ बैशाख २०८१, शुक्रबार

कोषसँग सम्झौता


फुङ्लिङ, २३ वैशाख । ताप्लेजुङमा हिउँ चितुवा संरक्षणको लागि कचनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोष बीच सम्झौता भएको छ । विश्वमा दुलर्भ सूचीमा रहेको वन्यजन्तु हिउँ चितुवाको बासस्थान सो संरक्षण क्षेत्र भित्र छ । हिउँ चितुवा संरक्षणको लागि ४० लाख रुपैया कोषले संरक्षण क्षेत्रमा खर्च गर्ने गरी सम्झौता भएको संरक्षण क्षेत्र व्यवस्थापन परिषदका खगेन्द्र फेम्बुले बताउनुभयो ।

सो सम्झौतामा हिउँ चितुवा अनुगमन, हिउँ चितुवाको आहारा र नाउरको अनुगमनमा खर्च गर्ने फेम्बुले बताउनुभयो । चितुवाले हिमाली बस्तीका पशु चौपायासमेत मारेर खाइदिने भएपछि त्यसमा राहत पशु धन बीमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । उक्त रकम चालु आर्थिक वर्ष सम्ममा खर्च गरिसक्नु पर्ने उल्लेख गरिएको छ । संरक्षण क्षेत्रमा १९ देखि २४ हाराहारीमा हिउँ चितुवा बसोबास गर्दै आएको तथ्याङ्क रहेको सो संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो ।

हिउँ चितुवाले नाउरको शिकार गर्ने भएकाले हिउँ चितुवाको संरक्षणसँगै नाउरको संरक्षण गर्न आवश्यक रहेको तिवारीले बताउनुभयो । व्यवस्थापन परिषदले हिउँ चितुवा संरक्षण गर्न चार उपसमिति परिषदका कार्यक्रम सहायक संयोजक चितेन चेम्जोङले बताउनुयो । समितिले हिउँ चितुवा र नाउरको अनुसन्धान तथा निरिक्षण गर्दै आएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !