१२ बैशाख २०८१, बुधबार

दाङमा कारमा मृत भेटिएका तीन शिशुको शव पहिचान, गाडी धनी र चालक पक्राउ


दाङमा कारमा मृत भेटिएका तीन शिशुको शव पहिचान, गाडी धनी र चालक पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरमा एक भारतीय कारमा हिजो शनिबार साँझ मृत फेला परेका तीन बालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकि राखिएको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा कुहिएको अवस्थामा तीन शिशुको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारी अनुसार मृतक शिशुहरू तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेका छन् ।

शिशु मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ । प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको थियो ।

शव पहिचान हुन नसकेपछि प्रहरीले स्थानीयलाई खबर गरेको थियो । मृतक बालकका परिवारले लगाएको कपडाका आधारमा बालकको सनाखत भएको हो । तीनै जना बालकको शवलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

कार २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी उनीहरू मृत भेटिएका थिए । मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै हत्यारा पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् ।

तीनैजना वालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकहरूले निवेदन दिएको र १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय वासिन्दा नजिकै गएर हेर्दा लक गरिएको गाडीभित्र उनीहरूको शव भेट्टाएको एसपी चन्दले बताएका छन ।

उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिए । उनले घटनाको अनुसन्धान चलिरहेकाले अहिले सोधपुछको लागि उनिहरुलाई नियन्त्रणमा लिइएको र उनीहरु नै अभियुक्त भए नभएको बारे प्रहरीले अनुसन्धान नगरेर त्यसै भन्न नसकिने बताए ।

साथै, शनिबार साझ नै इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो ।

प्रहरी अधिकारीका अनुसार शनिबार साँझ एउटा बस पार्किङका लागि त्यो कार नजिकै जाँदा चालक र सहचालकलाई निकै गन्ध आएको थियो । त्यसपछि वरिपरि हेर्दा केही नदेखिएको र बत्ती बालेर हेर्दा कारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दाङमा कारमा मृत भेटिएका तीन शिशुको शव पहिचान, गाडी धनी र चालक पक्राउ

यो पनि पढ्नुहोस्

दाङको तुलसीपुरमा पार्किङ गरिएको भारतीय कारभित्र तीन शिशु मृत फेला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !