१ फागुन, बुटवल । प्रदेश नम्बर ५ को लागि केन्द्रवाट खटाइएका एक सय ८६ कर्मचारी कर्मचारीहरू वाटैमा गायव भएका छन् ।
५ नम्बर प्रदेशका लागि स्थानीय विकास मन्त्रालयले दुई सय ३५ कर्मचारी खटाएको थियो । तर, खटाइएका कर्मचारीमध्ये ४९ जनामात्रै हाजिर भएका ५ नम्बर प्रदेशको मूख्यमन्त्री कार्यालयले जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयवाट खटाइएका झन्डै ८० प्रतिशत कर्मचारी अझै पनि प्रदेश मुकाम बुटवल आइपुगेका छैनन् । कर्मचारी काममा आइनपुगेपछि प्रदेश सरकार र मन्त्रालयका दैनिक कामकाज प्रभावित हुन पुगेको प्रदेशका मूख्यमन्त्री कार्यालयका प्रमुख सचिव शंकर पाठकले बताए ।