१५ असार २०८१, शनिबार

नेपालगञ्जवासीलाई प्रचण्डको आश्वासनः सके राजधानी, नसके मन्त्रालय ल्याउँछु


prachanda

११ ,माघ,काठमाण्डौ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा प्रदेश ५ को राजधानी हुनुपर्छ भन्ने बाँकेबासीको माग शीर्ष नेतृत्वसमक्ष राख्ने आश्वासन दिएका छन् । महोत्सव उद्घाटन गर्न नेपालगञ्ज पुगेका प्रचण्डसामू राजधानीको माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो ।

तर, उनले राजधानीबारे फरक धारणा रहेको बताए । राजधानी जहाँ भएपनि मन्त्रालय र ठूला कार्यालय विभिन्न ठाउँमा राख्नुपर्ने भन्दै भने, ‘भोलि नेपालगञ्ज नै राजधानी भयो भने पनि सबै अफिस नेपालगञ्जमा हुनु हुँदैन । समानुपातिक वितरण हुनुपर्छ ।’ अहिले तोकिएको मुकाम अस्थायी मात्र भएको र प्रदेशसभाले रियल राजधानी तोक्ने भन्दै उनले यदि नेपालगञ्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यलय राख्न पहल गर्ने बताए । प्रचण्डले भने, ‘राजधानी नहुनासाथ अफिसहरु सार्ने कामको म विरोध गर्छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !