११ वैशाख, काठमाडौं । बिहारको औरंगावाद जिल्लामा आगलागी हुँदा १३ जनाकेा मृत्यु भएको छ ।
आगलागी दाउदनगर प्रखंडस्थित तरार गाँउको हरिनगर टोलमा भएको थियो । दाउदनगरका एक सरकारी अधिकारी अशोक प्रसाले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ । उनले मृतको संख्यामा बृद्धि हुनसक्ने जनाएका छन् ।
एक आपसमा जोडिएका तीन घरमा आगलागी भएको थियो । बाहिर निस्कने ढोकाबाट आगो लागेका कारण घर भित्र रहेका मानिस निस्कन पाएका थिएनन् ।
आगलागी शुक्रबार दिउँसो तीन बजे लागेको जनाइएको छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।
आगलागी भएको घरमा तिलक समहारोहका लागी आएका आफन्त र परिवारजनको जमघट रहेको जनाइएको छ ।