५ जेष्ठ २०८१, शनिबार

किन बदलियो नाटकीय रूपमा उत्तर कोरिया ?


korean people

२६ पुस, काठमाण्डौ । दुई वर्षमा पहिलो पटक भएको उच्च स्तरीय बैठकमा उत्तर कोरिया सीमा क्षेत्रको तनाव कम गर्न सैन्यवार्ता मार्फत सहमतिका लागि तयार भएको छ । फेब्रुअरी महिनामा दक्षिण कोरियामा आयोजना हुने सन् २०१८ को शीतकालीन ओलम्पिक खेलका लागि उत्तर कोरियाले एक प्रतिनिधि मण्डल पठाउने छ ।

दुवै देशले सैन्य हटलाइनलाई पुनः सञ्चालन गराउन पनि सहमत भएका छन् । जुन विगत दुई वर्षअघिदेखि बन्द थियो । यद्यपि दक्षिण कोरियाले उत्तर कोरिया परमाणु निशस्त्रीकरणतर्फ सकारात्मक नरहेको आरोप लगाएको छ । एक दिन भएको कुराकानीपछि दुवै देशले संयुक्त रूपमा एउटा विज्ञप्ती जारी गरेका छन् । बयानले के पुष्टि गरेको छ भने दुवै देशको सीमामा हुने तनाव कम गर्ने विषयमा छलफलका लागि दुवै पक्ष सहमत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !