२१ बैशाख २०८१, शुक्रबार

स्कूलबाट फर्केकी ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या


rape and killed

पाल्पा–सरस्वती माध्यमिक विद्यालय सुन्दरगाउँमा कक्षा ४ पढ्ने आठ वर्षीया बालिका वर्षा दर्लामीको स्कूलबाट फर्कँदै गर्दा होलँग्दी खोलामा बलात्कार गरी हत्या गरिएकोे छ। तानसेन नगरपालिका वडा न ११ लामीडाँडा बस्ने हरि बहादुर दर्लामीकी छोरी वर्षा भाइ अनिलसँगै स्कूलबाट फर्किएकी थिइन्।

घाँसले पुरिएको अवस्थामा निर्वस्त्र शव सिद्धार्थ राजमार्गबाट सय मिटरको दूरीमा भेटिएको हो। बालिकाको शवको झण्डै ५० मिटर तल खोलामा कापी कलम र इरेजर भेटिएको थियो। प्रहरी चौकी प्रभासबाट घटनास्थल झण्डै चारसय मीटर दूरीमा छ। नजिकै बाक्लो बस्ती छ।mum_before_fall_down_uncounsiousछोरीको विभत्स हत्यापछि भावविव्हल अवस्थामा अामा बबिता दर्लामी।

भाइ अनिलले घर पुगेर दिदीलाई नचिनेको मान्छेले लगेको बताएपछि बेलुकी सवा ६ बजे आमा बबिता दर्लामीले प्रहरी चौकी प्रभासमा छोरी खोजिदिन हारगुहार गरेकी थिइन्। प्रहरी चौकी प्रभासका प्रमुख नुरापति दाहाल र जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर रमेशराज भेटवालको नेतृत्वमा प्रहरी परिचालन गरी पौने सात बजे खोलामा शव भेटिएको थियो। भाई अनिलका अनुसार दिउसो साढे चार बजेतिर हावाहुरी र मेघ गर्जनसहित पानी पर्न लागेको समयमा बर्षालाई जवर्जस्ति एक व्यक्तिले लगेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !