६ बैशाख २०८१, बिहिबार

ताप्लेजुङ सिमानजिक तिब्बतमा ४.४ रिक्टरस्केलको भूकम्प


Earthquake
ताप्लेजुङ-ताप्लेजुङसँग सिमाना जोडिएको चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर गएराति ४.४ रिक्टरस्केलको भूकम्प गएको छ । राति ११:०७ मिनेटमा गएको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका अधिकांश जिल्लामा समेत महसुस गरिएको थियो।

ताप्लेजुङ सदरमुकामसहित सिमाना क्षेत्र नजिकैका ओलाङ्चुङगोला, लेलेप, पापुङ लगायतका गाविसमा भूकम्पको ठूलो धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन्। भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा नजिकै भएकाले निकै ठूलो धक्का महसुस भएको भूकम्पमापन केन्द्रले जनाएको छ।

भूकम्प जानासाथ यहाँका स्थानीयवासी घरबाहिर निस्किएका थिए । भूकम्पले निकै हल्लाए पनि त्यसबाट भएको क्षतिको जानकारी कतैबाट नआएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बताएको छ । गत वर्षको भूकम्पपछि समय समयमा ठूलठूला भूकम्प आइरहेकाले स्थानीयवासी त्रसित भएका छन् । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !