८ बैशाख २०८१, शनिबार

अख्तियारले पनामा पेपर्स बारे छानबिन गर्दै


काठमाडौं, वैशाख ७ – पनामा पेपर्सका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारी समेत जोडिएको हुनसक्ने भन्दै आयोगले अनुसन्धान थालेको हो।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम पनि जोडिएपछि नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग सूक्ष्म अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

आयोगले आन्तरिक राजस्व विभाग, उद्योग विभाग, ठूला करदाता सेवा कार्यालय लगायतका निकायसँग पनि छलफल गरिरहेको जनाएको छ । पनामा पेपर्समा विश्वका चर्चित नेता, खेलाडी, अभिनेता र व्यवसायीले कर छली गरेको दावी गरिएको उल्लेख गरिएको थियो ।

मध्य अमेरिकी राष्ट्र पानामास्थित कानुनी सेवा प्रदायक कम्पनी मोसाक फोन्साकाले विश्वका गैरकानुनी कारोबार एवम् सम्पत्ती शुद्धीकरणसम्बन्धी दिइएका सेवाका दस्तावेज सार्वजनिक गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !