११ बैशाख २०८१, मंगलबार

नाग्म गमगडी सडक छिटो सम्पन्न गर्न माग


नाग्म गमगडी सडक

खलङ्गा,२० कात्तिक । नाग्म गमगडी सडक खण्डको स्तरोन्नतिको काम छिटो सम्पन्न माग गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर प्रमुख लिला भण्डारीले नाग्म गमगडी सडक स्तरोन्नती कार्य छिटो सम्पन्न गर्न पहल भइरहेको जानकारी दिनुभयो । केही ठेकेदारले काम छाडेर गएपछि सो सडक स्तरोन्नतिमा ढिलाइ भएको उहाँले बताउनुभयो । सांसद गजेन्द्रबहादुर महतले आफ्नो नेतृत्वको टोलीले सडक डिभिजन कार्यालयमा पुगी सडक स्तरोन्नतिमा कामको बारेमा गम्भीर बन्न सुझाव दिएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभा सदस्य पूर्णप्रसाद धितालले नाग्म गमगडी सडकमा उत्पन्न समस्या समाधान गर्ने प्रतिबद्धता कार्यालय प्रमुख भण्डारीले गर्नुभएको बताउनुभयोे ।उहाँले भन्नुभयो, “अटेर गरेमा कार्वाही अगाडि बढाउने र नाग्म देखिमाथि बाँकी रहेको पाँच किलोमिटर सडकको काम तत्काल गराउने आश्वासन दिइएको छ ।”ठेकेदार कृष्ण खड्काबाट पेटि ठेक्का लिएका यहाँका राजुसिंह र तारासिँह कठायतले काम गर्न सो सडक निर्माणको काम तत्काल शुरु गर्न लगाउने कार्यालयले जनाएको छ ।

गत बर्षको ५२ करोड बजेट मध्ये १० करोड मात्र खर्च भएको थियो । बाँकी ४२ करोड रुपैँया कामै नभएर फ्रिज भएको थियो । यस बर्ष रु २३ करोड १३ लाख रकम आवश्यक छ । कार्यालय प्रमुख भण्डारीले भन्नुभयो,“अपुग रकम उपलब्ध गराउन माग गरिएको छ । ।”उहाँले सडक ग्राबिलिङ गर्न रोलर र पानी ट्याङ्कर नभई पास नहुने, मापदण्ड नपुगेका सडक पास नगर्ने र सबै सरोकारवालहरुको सहभागीतामा सडकको अनुगमन गर्ने जनाउनुभयो ।

देउसीभैलो खेल्न निषेध
नजिकिदै गरेको पर्व तिहारमा खेलिने देउसी भैलो खेल्न कर्णालीमा पूर्ण रुपमा निषेध गरिने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहार पर्वमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टीका लगाउन दिने र देउसी र भैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो ।

बैठकले पर्वको बेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने समेत निर्णय गरेको हो । कोरोना रोगको सङ्क्रमण दिनप्रतिदिन समुदायमा फैलिसकेकोले नियन्त्रण र उपचारका लागि कठिन हुने भन्दै बैठकले प्रचारप्रसारमा तीब्रता दिन सरोकारवाला निकायलाई तदारुकताका साथ खटाउने व्यवस्था मिलाउने समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।
बदलिदो मौसम, नजिकिएको तिहार, छठ , प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई सचेत बन्न समेत बैठकले निर्णय गरेको केन्द्रले जनाएको छ ।

कोभिड सङ्क्रमण अवस्था र समुदायमा यसको प्रभाव तिहारसम्म के कस्तो रहन्छ त्यसको आँकलन गरेर नियन्त्रण र उपचारको योजना अर्को बैठकमा पेश गर्न मन्त्रालयलाई बैठकले निर्देश गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !